सानिमा जिआईसी इन्स्योरेन्सद्धारा महाविपत्ति कोष र बीमा कोषको मुनाफा वितरण गर्न प्रस्ताव

बुधबार, १५ चैत्र २०७९, १४ : ५३

काठमाडौं-  सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले मर्जरमा जाँदा पाउने सुविधा अन्तर्गत महाविपत्ति कोष र बीमा कोषमा रहेको रकमबाट मुनाफा वितरण गर्ने बारेमा बीमा प्राधिकरणमार्फत अनुमति लिएर प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।

कम्पनीले नियामक बीमा प्राधिकरणले तोकेकै समयमा मर्जरमा गएकोले मर्जर सुविधा अन्तर्गत महाविपत्ति कोष र बीमा कोषमा जाने ५० प्रतिशत रकमबाट मुनाफा वितरण गर्न पाउँ भन्दै नियामक नेपाल बीमा प्राधिकरण समक्ष प्रस्ताव गर्ने तयारी गरिरहेको हो ।

नियामकले तोकेकै समयमा मर्जर सम्पन्न गरेकोले बीमा प्राधिकरणबाट स्वीकृत हुने विश्वास रहेको कम्पनीका अधिकारीहरुको भनाई छ । यद्यपि सो सम्बन्धमा कम्पनीमा आधिकारिक रुपमा केही बताएको छैन । कम्पनीका कम्पनी सचिव सुबोधलाल श्रेष्ठले सो सम्बन्धमा केही बताउन चाहेनन् ।

बुधबार, १५ चैत्र २०७९, १४ : ५३

प्रतिक्रिया