काठमाडौँ- सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानको आयोजना गरी राष्ट्रिय सहकारी महासंघले सहकारी दिवश मनाउदै आइरहेको छ।
यसै सन्दर्भमा यस वर्ष ६६ औँ राष्ट्रिय सहकारी दिवस सहकारीको दिगोपनस् स्वनियमन र सुशासनु भन्ने थिमलाई सार्थक हुने गरी सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर गरी भव्य रूपमा सप्ताहव्यापी रूपमा मनाउन केन्द्रीय सहकारी समूह, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु एवं सम्पूर्ण सहकारी संस्थाहरुलाई हार्दिक आग्रह गरेको छ ।
विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योगव्यवसायहरूको सं बैंक वितिय संस्था तथा सहकारी क्षेत्रमा वाको अभाव, मूल्यवृद्धिलगायतका कारणले नागरिकहरू भएका र वर्तमान संकटमा समेत पनि नभई सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित हुने गरि तथा अभियानका तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरि उपत्यकाभित्र सम्पूर्ण सहकारी कमीहरूको एउटै आवाजसहित राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम तय भएको छ ।
६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा निम्नलिखित बमोजिमको काठमाडौँ उपत्यका केन्द्रित प्रभातफेरी कार्यक्रममा झाँकी, व्यानर र प्लेकार्डसहित काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण सहकारी संघरसंस्थाहरूलाई उक्त दिन संस्था विदा गरि सक्रिय रूपमा सहभागीताका लागि समेत आह्वान गर्दछौ। साथै, देशभरी विविध कार्यक्रमको आयोजना गरि भव्य रूपमा सहकारी दिवस मनाई त्यसको जानकारी राष्ट्रिय सहकारी महाराचलाई दिन समेत महासंघले अनुरोध गरेको छ ।
प्रतिक्रिया