बन्दीपुर केवलकार एण्ड टुरिजमको आइपिओ बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त

विहीबार, १६ चैत्र २०७९, १० : ४९

काठमाडौँ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००-/ (अक्षेरुपी एक सय रुपैया मात्र) दरका २५,८०,००० (अक्षेरुपी पच्चीस लाख असी हजार मात्र) कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा आज आयोजित एक समारोहबिच  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष श्री राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
 

विहीबार, १६ चैत्र २०७९, १० : ४९

प्रतिक्रिया