सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा आज

१ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा आज चैत १७ गते शुक्रबार बस्दैछ ।

सभा लैनचौर ब्यांक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत वर्षको नाफाबाट ८.९८३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । बैंकले गत वर्षको नाफाबाट ८.५३४% बोनस सेयर र कर प्रयोजनको लागि ०.४४९% नगद लाभांश वितरण गर्न लागेको हो ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनको लागि बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २७ गतेसम्म कायम लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।  

१ बर्ष अगाडि

प्रतिक्रिया