काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा आज चैत १७ गते लैनचौरा बुटिक काठमांडौैमा सम्पन्न भएको छ।
सभाले आर्थिक बर्ष २०७८र७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनस सेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ।
बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि भएका थिए ।
प्रतिक्रिया