युनाईटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

१ बर्ष अगाडि

काठमाडौँ - युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ ।

प्ररम्भिक मर्जरमा युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको थियो । तर डिडिएपश्चात् कम्पनीको स्वाप रोसियोमा परिर्वतन आएको छ । जसमा दुबै मर्जर कमिटिको सहमती भएको छ।

मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले पुस २९ गते सैद्धान्तिक सहमति दिएको हो ।प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम अजोड र यूनाइटेडलाई एक आपसमा गाभ्न र गाभिने (मर्जर) प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।

यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

 


 

१ बर्ष अगाडि

प्रतिक्रिया