भलिबल प्रतियोगितामा विजयी खेलाडी ट्रफीका साथमा

शुक्रबार, ०८ बैशाख २०८०, ०९ : २६

रसुवा - रसुवाको जङ्गलमा पाइने रातो हाब्रे संरक्षणका लागि जनचेतना बढाउन लाङ्टाङको राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित रेड पान्डा ट्रफी भलिबल प्रतियोगितामा प्रथम हुन सफल नौकुण्ड गाउँपालिकाका खेलाडी ट्रफीका साथमा । उक्त खेलमा प्रथम हुन सफल खेलाडीले पुरस्कार स्वरुप रु एक लाख ११ हजार १११ प्राप्त गरेका छन्। यही वैशाख ४ गतेबाट सञ्चालित भलिबल प्रतियोगितामा १० समूहले भाग लिएका थिए । प्रतियोगिता हिजो साँझ सम्पन्न भएको छ ।

शुक्रबार, ०८ बैशाख २०८०, ०९ : २६

प्रतिक्रिया