सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति

आइतबार, ३१ बैशाख २०८०, १३ : ०२

क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोकमा क्रिकेट सङ्घको तदर्थ समिति गठन । सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको छ । नवगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजन धिताल, सचिव अजयकुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरुमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, सन्तोष चौलागाईं, अनिलकुमार धिताल छन् ।  

आइतबार, ३१ बैशाख २०८०, १३ : ०२

प्रतिक्रिया