तस्बिर : रासस
भोजपुर - पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत धनकुटामा निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडकको अनुगमन गर्दै पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतो । कोशी प्रदेश सरकारको रु ५६ करोड ५२ लाख सम्झौता लागतमा यो सडक कालोपत्र थालिएको छ । सडकलाई गुणस्तरीय बनाउन कार्यालयले प्राविधिक टोलीसहित निर्माण भइरहेको सडकको कोर कटर मेसिनको सहायताले ल्याब परीक्षणसमेत गरेको छ । परीक्षणको क्रममा सडक तोकिएको मापदण्ड अनुसार निर्माण भइरहेको देखिएको कार्यालयको भनाइ छ ।
प्रतिक्रिया