थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

११ महिना अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम नेशनल लाइफको शेयरमूल्य ६४९ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले ८ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

त्यस्तै, प्रभु लाइफको ४७० रुपैयाँका आधारमा नेप्सेले ९.८० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ४२८ रुपैयाँ ५ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा अब धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।

११ महिना अगाडि

प्रतिक्रिया