किन भयो अपर हेवाखोला जलविद्युतको बिजुली उत्पादन बन्द

आइतबार, ०३ असार २०८०, १२ : ५२

काठमाडौँ-  अपर हेवाखोला जलविद्युत आयोजनामा शनिबार राति आएको बाढीले क्षति पुर्याएको छ। 

हेवाखोलामा आएको बाढीले आयोजनाको इन्टेकमा क्षति पुगेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीद्वारा विज्ञप्तिमा जनाइएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त हुनासाथ जानकारी गराइने कम्पनीले जनाएको छ।

यो जलविद्युत आयोजना ८.५ मेगावाट क्षमता हो। आयोजना पूर्ण रुपमा सञ्चालन रहेको थियो। 

हेवाखोलामा आएको बाढीमा परी ५ जना बेपत्ता भएका थिए। बाढीले हेवाखोलामा रहेको ४ वटा पुल पनि बगाएको छ।

 

आइतबार, ०३ असार २०८०, १२ : ५२

प्रतिक्रिया