ट्रस ब्रिज बनाउन श्रमदान

आइतबार, १० असार २०८०, ०८ : ३६

मुग्लिन - चितवनको इच्छाकामना– ७ स्थित स्याङ्गदी खोलामा ट्रस ब्रिज बनाउन श्रमदानमा जुटे स्थानीय बासिन्दा र जनप्रतिनिधि । वर्षायाम लागेसँगै खोलाको सतह र बहाव बढ्दा आवतजावतमा समस्या बेहोर्दैआएका स्थानीयवासी र जनप्रतिनिधिहरु ट्रस ब्रिज बनाउनका लागि श्रमदानमा जुटेका हुन् । शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभएको हो । सो ब्रिजको १५ दिनभित्र काम सम्पन्न गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

आइतबार, १० असार २०८०, ०८ : ३६

प्रतिक्रिया