हिमालयन लाइफको तालिम सम्पन्न

सोमबार, ११ असार २०८०, १३ : २३

काठमाडौँ - हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता उत्प्रेरण तालिम सम्पन्ना गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशको बुटवलमा प्रथम बुहत अभिकर्ता उत्प्रेरण तालिम सम्पन्न गरेको हो ।

साबिक युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले यतिबेला देशव्यापी रुपमा व्यवसायीक वृद्धि गर्ने उद्देश्यले लिडर भेटघाट र उत्प्रेरणा तालिमलाई संचालन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सो तालिममा १ हजार भन्दा बढी अभिकर्ताको उपस्थिति रहेको थियो । सो तालिममा कम्पनीका मार्केटिङ प्रमुख माधव शर्मा प्रमुख प्रशिक्षकको रुपमा रहेका थिए ।

उक्त तालिममा कम्पनीको लुम्बिनी प्रदेशका एक हजार जना अभिकर्ता र सम्पुर्ण कर्मचारीहरुको उपस्थिति , प्रदेश उपप्रमुख नहकुल पाण्डे र शिव कुमालको आतिथ्यता, प्रदेश प्रमुख बुद्ध सूर्यवंशीको बिशिस्ट आतिथ्यता, मार्केटिङ प्रमुख माधव शर्माको प्रमुख आतिथ्यता रहेको कम्पनीले जानकारी दिएको छ ।

सोमबार, ११ असार २०८०, १३ : २३

प्रतिक्रिया