आयल निगमद्वारा २४ अर्ब बक्यौता भुक्तानी

आइतबार, १७ असार २०८०, १७ : २८

काठमाडौं – घाटामा चलिरहेको नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) को बक्यौता रकम चुक्ता गरेको छ । भारतबाट महङ्गोमा तेल ल्याएर घाटामा बेचेपछि रकम तिर्ने पैसा समेत नहुँदा निगमले उधारोमा तेल ल्याउने गरेको हो । जुन, रकम यतिबेला पूर्णरुपमा चुक्ता भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

यस अबधिमा निगमले राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब समेत तिरेको छ । अब निगमले नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ ।

पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट १ अर्ब ९५ करोड रुपैयाँ तिर्न भने बाँकी नै छ । यसबाहेक, मूल्य स्थिरीकरण कोषको साढे २१ अर्ब रुपैयाँ र कर्मचारी आवास कोषको सवा ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषहरुको रकम चलाएको थियो ।
 

आइतबार, १७ असार २०८०, १७ : २८

प्रतिक्रिया