एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

सोमबार, १८ असार २०८०, १२ : ५९

काठमाडौँ - मर्जर प्रश्चात आजेदेखि कारोबारमा आएको सीवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले शेयर कारोबार १२८९ रुपैयाँमा कारोबार भैरहेको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार आजदेखि सुचारु भएको हो ।

नेप्सेमा आइतबार आँधीखोलाको तर्फबाट कायम हुन आउने १० लाख ८२ हजार ९ सय कित्ता शेयर सीवाईसी नेपाल लघुवित्तको नाममा सुचिकृत भएको थियो । नेप्सेले मर्जरपछिको पहिलो कारोबारको लागि ११७१.८५ रुपैयाँ तोकेको छ ।

सीवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्त मर्ज भएपछि सीवाईसी नेपाल लघुवित्तको नामबाट शेयर कारोबार भएको हो ।

सोमबार, १८ असार २०८०, १२ : ५९

प्रतिक्रिया