काठमाडौँ- उच्च शिक्षाको पठन पाठनको शुरुवात एवं स्थापनाको दृष्टिले ऐतिहासिक पहिचान र महत्व वोकेको यस त्रिचन्द्र व क्याम्पसमा प्राध्यापनरत प्राध्यापक एवं कर्मचारीहरुले यसै आ.व. २०७९/८० को शुरुदेखि लागू हुनेगरी वृद्धि भएको तलव भत्ता आ.व. को अन्तिम महिना आषाढ वित्नै लाग्दा समेत प्राप्त गर्न नसकेको एवं आशिक रुपमा प्राध्यापनरत प्राध्यापकहरुले समेत पाउनु पर्ने पारिश्रमिक लामो समयदेखि भुक्तानी हुन नसकेको तथ्य शिक्षकहरुले क्याम्पस एकाइ समिति ले स्मरण गराएको छ ।
प्राध्यापक एवं कर्मचारीवर्गले परिश्रम गरेवापत नियमानुसार नियमित रुपमा पाउनु पर्ने तलव र पारिश्रमिक नपाउँदा उहाँहरुको नैसर्गिक अधिकारको बर्खिलाप ठहरिन्छ । विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु जो आफैमा प्राज्ञिक थलोका रुपमा चिनिन्छन । कार्यरत प्राध्यापक एवं कर्मचारीवर्गले काम गरेवापतको पारिश्रमिक पाउनबाट वञ्चित हुनु पर्ने अवस्थाको सिर्जना हुनु जो कोहीका लागि पनि सामान्य र सुखद हुनै सक्दैन । यस्तो असामान्य सन्दर्भमा। यस एकाइ समितिले समस्या समाधानको खातिर औपचारिक र अनौपचारिक रुपमा क्याम्पस प्रशासनसंग छलफल एवं संवाद गर्दा समेत समस्याले निकास पाउन सकेको छैन ।
अर्कातर्फ लामो समयसम्म पारिश्रमिक पाउन नसकेकाले प्राध्यापक एवं कर्मचारी वर्ग निरास भएको अवस्था छ । यस्तै खालका क्याम्पसको समग्र विकास र प्रवर्द्धनका सामु देखा परेका समस्या र गुनासाहरुको सुनुवाइका लागि मध्यस्थता गर्ने, सहजीकरण गर्ने र आवश्यकतानुसार दवावमूलक कार्यक्रम घोषणा गरी सोही अनुसार अगाडि बढ्ने व्यवसायिक भूमिका अनुसार यस त्रि।वि। प्राध्यापक संघ, विचन्द्र व क्याम्पस एकाइ समिति० क्याम्पस प्रमुख एवं सरोकारवाला अन्य निकायहरुसमक्ष प्राध्यापक एवं कर्मचारीवर्गको नियमित र नियमानुसारको पारिश्रमिक निकासा तथा भुक्तानीका लागि यो ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छ ।
।
उक्त पत्रमा उल्लेख गरिएका समस्याहरु तत्काल समाधान हुने कुरामा विश्वस्त हुँदै यस कार्य समितिको २०८० आषाढ १७ गतेको निर्णयानुसार २०५० आषाढ १८ गतेको मितिले तीन दिन भित्र उल्लेखित बढ् तलव तथा अन्य सुविधा पुरा गर्न यस संघ जोड्दार माग समेत गरेको छ ।
साथै २१ गतेका दिन नियमित परीक्षामा बाधा नपारी पेन डाउन गरी यस क्याम्पस अन्तर्गतका पठन पाठन सम्बन्धि सम्पूर्ण कियाकलापहरु वन्द गरिने र अन्य शसक्त संघर्षका कार्यक्रमहरु त अगाडि बढिने कुरा समेतको जानकारी सोहि पत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया