नारायणगढ-मुग्लिन सडक अवरुद्ध

शनिबार, २३ असार २०८०, १७ : २९

काठमाडौँ - नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको  छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिनुभयो । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो ।
 रासस

शनिबार, २३ असार २०८०, १७ : २९

प्रतिक्रिया