नेप्सेमा छायो हरियाली

आइतबार, २४ असार २०८०, १५ : २२

काठमाडौँ - साताको पहिलो दिन आइतबार शेयर बजारमा हरीयाली छाएको छ। नेप्सेमा सुधारको संकेत देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ ।

आइतबार नेप्से उपसूचक २८.३८ अंकले बढेर दुई हजार ७७ को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको ८३ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब चार करोड २५ लाख ४३ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा सुधार आउँदा सबै उपसूचकमा हरियाली छाएको छ ।आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक ४.६३ प्रतिशतले बढेको छ भने दोस्रोमा ट्रेडिङ उपसूचक ४.०१ प्रतिशतले बढेको छ ।

आइतबार, २४ असार २०८०, १५ : २२

प्रतिक्रिया