चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दाहाल परिवारलाई समवेदना

विहीबार, २८ असार २०८०, १४ : ०४

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक मन्तव्यमा सीता दाहालले माओवादी केन्द्रमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको निमन्त्रणामा भएको द्विपक्षीय छलफलमा उनको सहभागिता रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्तगरिएको छ ।

यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासमा नेतृत्व गर्नका लागि प्रधानमन्त्री दाहालको दृढशक्तिको कामना समेत गरेको छ ।
प्रधानमन्त्रीपत्नी सीताको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

 

विहीबार, २८ असार २०८०, १४ : ०४

प्रतिक्रिया