राजपामा पाँच कर्मचारी थपिए

विहीबार, ०७ चैत्र २०७५, ११ : १९

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले पाँच जना कर्मचारीको नियुक्त गरेको छ । 

राजपाका संयोजक महेन्द्र यादवको कार्यकालको अन्तिम दिन मंगलबार यसअघि विदा गरे तीन र नयाँ दुई कर्मचारी गरी पाँच जनालाई नियुक्त गरिएको छ । प्रदीप पाठक, रञ्जित निष्पक्ष र सुरेन्द्र मण्डल यसअघि पनि कार्य गरिसकेका छन् भने अभिषेक कर्ण र रामपुकार साह (सुडी) नयाँ रहेका छन् । 

राजपा नेपालको महाधिवेशनलाई ध्यानमा राखी पार्टीको अभिलेखलगायत अन्य कागजातहरु चुस्तदुरुस्त राख्न पाँच कर्मचारी थप गरिएको पार्टी स्रोतले जनाएको छ । 

राजपा नेपालको एकताको भावना अनुकूल इमान्दार र निष्पक्ष कार्य सम्पादनको अपेक्षासहित नियुक्त गरिएको हो ।

विहीबार, ०७ चैत्र २०७५, ११ : १९

प्रतिक्रिया