काठमाडौं – सरकार तस्करी र भ्रष्टाचारका विरुद्ध कठोर कारबाहीमा उत्रेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने तयारी गरेको छ । गुण दोषको आधारमा सरकारलाई सहयोग गर्ने प्रतिपक्षी दलको भूमिकालाई बिर्सेर एमाले यतिबेला सरकार विरुद्ध एकोहोरो खनिएको छ । मुलुकमा सुशासन कायम गर्ने काममा लाग्दा विभागीय मन्त्रीहरुकै राजीनामा माग्नु रहष्यमय भएको विश्लेषकहरुले बताउन थालेका छन् ।
त्रिभुवन विमानस्थलबाट भएको क्विन्टल सुन तस्करीमा दुवै जना मन्त्रीको संलग्नताको आरोप लगाउँदै एमालेले राजीनामा माग्न लागेको हो ।
विमानस्थलस्थित भन्सार जाँचमा गृह र अर्थ मन्त्रालयका निकायहरु संलग्न भएकाले दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै एमाले राजीनामा मागमा उत्रेको हो ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । बैठकमा प्रभावकारी रुपमा प्रस्तुत हुन एमालेले मध्यान्ह १२ बजे संसदीय दलको बैठक डाकेको छ । उक्त बैठक पनि संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
स्मरण रहोस् आफ्नो पालामा हराएको ३३ किलो सुनको बारेमा भने एमालेले अहिलेसम्म मौनता देखाइरहेको छ ।
प्रतिक्रिया