काठमाडौं – दाङको बंगलाचुली गाउँपालिका,५ मुर्कुटीमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर प्रयोगमा नआउँदै भत्किएको छ ।
कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका(५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको हो ।
बंगलाचुली गाउँपालिका र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदानमा लोहारपानी कृषि सहकारी संस्थाले २०७६ सालमा एक करोड २७ लाख लागतमा १०० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो । उक्त कोल्डस्टोर २०७९ साल असोजमा भत्किएको हो । त्यसको पुनर्निर्माण अझै भएको छैन ।
लोहारपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीले भारी वषरका कारण आएको पहिरोका कारण प्रयोगमा नआउँदै भत्किएको र लाखौं रकमको क्षती पुगेको बताए ।
प्रतिक्रिया