काठमाडौँ — इटालीका तानाशाह मुृसोलिनीको नाम नसुन्ने व्यक्ति संसारमा विरलै होलान । उनका बारेमा अनेकौं मिथकहरु समेत छन् । उनको शासनको ऋन्त्य कहिले र कसरी भ यो भन्ने आम जिज्ञासा हुनु स्वभाविक हो । सन् १९४३ मा आजकै दिन (जुलाई २८) मा इटालियन तानाशाह बेनिटो मुसोलिनीले राजीनामा दिएका थिए ।मुसोलिनीको सेनालाई दक्षिण अफ्रिकामा पराजित गरेको बेलायत, अमेरिकालगायतको फौजले सिसिलीलाई नियन्त्रणमा लिनुका साथै रोममा बम आक्रमण गरेको थियो ।
यही घटनालाई आधार बनाएर जुलाई २५ गार्ड काउन्सिलले मुसोलिनीको राजीनामाको पक्षमा निर्णय लिएको थियो । त्यसपछि इटालीका राजा भिक्टर इमानुएलले उनलाई पक्राउ गरी जेल हाल्न आदेश दिएका थिए ।
करिब दुई महिनापछि जर्मनीको सहयोगमा करिब दुई महिनापछि जेलबाट भागेका मुसोलिनीले जर्मनीकै समर्थनमा इटालियन सोसियल रिपब्लिक स्थापित गरेका थिए । तर दोस्रो विश्वयुद्धमा जर्मनीको पराजय निश्चित भएपछि उनी १९४५ मा स्विट्जरल्यान्डतर्फ भाग्ने क्रममा मारिएका हुन् ।
मृत्युपछि उनको शव विभत्स तरिकाले प्रदर्शनमा राखिएको थियो । उनलाई स्विट्जरल्यान्डको सीमातर्फ अघि बढिरहेको बेला मुसोलिनी सहित उनकी प्रेमिका क्लारा पेटाची र अन्य १६ जनालाई ‘पार्टीसन’ विरोधीहरूले १९४५ अप्रिल २८ मा गोली हानी हत्या गरेका हुन् । उनको शव मिलान सहरमा लगेर टाउको तल पारेर झुन्ड्याइएको थियो । १८८३ जुलाई २९ मा जन्मिएका मुसोलिनी १९२२ अक्टोबर ३१ मा प्रधानमन्त्री भएका थिए ।
प्रतिक्रिया