किन अबरुद्ध भैरहन्छनारायणगढ–मुग्लिङ सडक खण्ड ?

आइतबार, १४ साउन २०८०, ११ : ३५

काठमाडौँ –  नारायणगढ–मुग्लिङ सडक खण्डमा बारम्बार पहिरो आएर अबरुद्ध हुँदा हजारौं यात्रुहरुले सास्ती भोग्दै आएका छन् । उक्त सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो बस्दा सडक अवरुद्ध बनेको हो ।


सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको  टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ । यद्यपी यसको वैकल्पिक समाधानको खोजी नगरेसम्म यो समस्या रहिरहने देखिन्छ ।  

 

आइतबार, १४ साउन २०८०, ११ : ३५

प्रतिक्रिया