कांगे्रसबाट सिक्दै माओवादी

सोमबार, १५ साउन २०८०, १५ : ००

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र )ले पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ । सशस्त्र जनयुद्धबाट आएको पार्टीले बैठक लाइभ गर्नुलाई विभिन्न कोणबाट व्याख्या गर्न थालिएको छ । यसअघि सत्तासाझेदार दल नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो। कम्युनिष्ट पार्टीको सन्दर्भमा यसलाई बिल्कुलै नयाँ घटना मानिएको छ ।


आज )सोाबार) बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले जानकारी दिए ।

बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ । बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरूङले बताए ।

साउन १७ देखि २१ गतेसम्म चल्नेछ केन्द्रीय समितिको बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको महासचिव गुरूङले बताए ।

अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदनलाई १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले पारित गरी छलफलका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ । त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय हुने शर्माले बताए । त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने पनि उनले बताए ।

यसपटक माओवादी केन्द्रीय समितिमा २३र२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ ।

 

सोमबार, १५ साउन २०८०, १५ : ००

प्रतिक्रिया