अपर तामाकोशीको घाटा चुलियो, केही वर्ष नाफामा असर पर्छ (एक समिक्षा)

बुधबार, ३१ साउन २०८०, १० : ३१

काठमाण्डौः अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ घाटा व्यवहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ३१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समीक्षा अवधिमा कम्पनीको घाटा बढेको छ। कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ। 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ११ करोड रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। विद्युत बिक्रीको आम्दानी १४.२१ प्रतिशतले बढेको छ।  कम्पनीको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युतले २०७८ भदौ २५ गतेदेखि पूर्ण क्षमतामा विद्युतको व्यावसायिक उत्पादन गरिरहेको छ।

हाल कम्पनीको नेपाल सरकारको दीर्घकालीन ऋण भुक्तानीका लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरको दीर्घकालीन ऋण भुक्तानीका लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरिएको छ। आर्थिक वर्ष २०७९–८० चैत मसान्तसम्ममा नेपाल सरकारको दुई तथा अन्य संस्थाहरुको ५ किस्ता सावाँ तथा ब्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ। 

विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले ह्रासकट्टी खर्च तथा ब्याज खर्च अत्याधिक वृद्धि भएको तर त्यसअनुरुप विद्युत बिक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेको र बजारमा ब्याजदर घट्न नसकेको अवस्थाले गर्दा समीक्षा अवधिका साथै आउँदो केही आर्थिक वर्षमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था रहेको कम्पनीले जनाएको छ। 

बुधबार, ३१ साउन २०८०, १० : ३१

प्रतिक्रिया