प्राधिकरणले किन काट्दै छ ६ घण्टा लामो बिजुली? सूचना सहित

शनिबार, ०२ भदौ २०८०, ०९ : ४७

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका ५० भन्दा बढी स्थानहरूमा आज शनिबार विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । 

लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने भएको हो । 

स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

suchana sahit

शनिबार, ०२ भदौ २०८०, ०९ : ४७

प्रतिक्रिया