सार्वजनिक - निजी साझेदारीमा स्थापना भएको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बनाउन लागेको छ। आयोजना बनाउन १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। बुढीगण्डकी प्रोकबाट २०८५ भदौ २८ मा विद्युत उत्पादन प्रस्ताव गरिएको छ।
आयोजनाबाट विद्युत उत्पादन गर्न विद्युत विकास विभागले चिलिमेलाई अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ। आगामी ३५ दिनपछि चिलिमेले बुढीगण्डकी प्रोक आयोजना बनाउन लाइसेन्स पाउने छ।
नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ४४ करोड ७० लाख ३० हजार युनिट बिजुली उत्पादन हुने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) ले देखाएको छ।आयोजनामा पानीको डिजाइन वहाव प्रतिसेकेन्ड ४४ घनमिटर छ। उचाइ (हेड) २ सय १३ मिटर अग्लो छ। आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा रहने प्रस्ताव गरिएको छ।
प्रतिक्रिया