१४ वर्षका किशोरीहरूलाई एचपीभी खोप दिदैँ

शुक्रबार, २२ भदौ २०८०, १० : ३१

काठमाडौँ-  सरकारले पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीहरूलाई मात्रै दिने भएको छ । सरकारले उक्त खोप ७ वटा अस्पतालबाट दिने भएको हो ।

बिहीबार स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३० गतेसम्म पाइलटिङको रुपमा किशोरीहरूलाई खोप दिने जनाएको छ । महाशाखाका निर्देशक डा। विवेक लालले १४ वर्षका करिब ९ हजार किशोरीलाई खोप दिन लागिएको बताए । 

खोप महाशाखाले सात प्रदेशका सात अस्पतालबाट १९ हजार ९९८ खोप वितरण गरिने जनाएको छ । एचपीभी खोप ६ महिनाको अवधिमा २ मात्रा लगाउनुपर्नेछ । खोप शाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा  खोप पाइलटिङका रुपमा दिइने उनले बताए । सरकारले २०२४ सम्ममा सबै किशोरीलाई लगाइसक्ने लक्ष्य लिएको उनले बताए ।  

शुक्रबार, २२ भदौ २०८०, १० : ३१

प्रतिक्रिया