आयरल्यान्डमा टिकटकलाई ३४ करोड ५० लाख युरो जरिबाना

आइतबार, ३१ भदौ २०८०, १५ : ४८

आइरिस नियामक निकायहरूले टिकटकलाई बालबालिकाका डेटाको गोपनीयता उल्लङ्घन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिबाना गरेका छन्।

उक्त मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेषगरी उमेर प्रमाणीकरण तथा गोपनीयतासम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ।

यो कुनै पनि देशका नियामकले टिकटकलाई गरेको हालसम्मको सबैभन्दा ठूलो जरिबाना रकम हो।

उक्त सामाजिक सञ्जाल कम्पनीका प्रवक्ताले चाहिँ जरिवानाको ूनिर्णयसँग आफूहरूको सम्मानपूर्ण असहमतिहरू रहेको र त्यो विशेषगरी जरिबानाको मात्रामाू भएको बताएका छन्।

आरोप के ?

डेटा संरक्षण आयुक्त हेलेन डिक्सनले बीबीसीलाई बताए अनुसार सोधपुछका क्रममा १३ देखि १७ वर्षका किशोर किशोरीले बनाएका खाताहरू दर्ता गर्दा पूर्वनिर्धारित रूपमै सार्वजनिक रूपमा देखिने गरी सेटिङ गरिएको पाइएको थियो। त्यस्तो हुनु भनेको उनीहरूले पोस्ट गरेका सामग्री जसले पनि देख्न सक्ने हुनु हो।

ूयसमा टिकटककै हात छ किनभने उनीहरूले नै उक्त ‘प्लेटफर्म’को डिजाइन गरेका हुन् र हामी के भन्छौँ भने डिजाइनरले जीडीपीआरको पूर्वनिर्धारित आवश्यकता पूरा नगरी डेटा सुरक्षाको उल्लङ्घन गरेका छन्,ू डिक्सनले भनिन्।

बिबिसीबाट

आइतबार, ३१ भदौ २०८०, १५ : ४८

प्रतिक्रिया