दुगड पावर प्रालिसँग सहकार्यको हात अगाडि बढाउँदै टीटीआरईएल

७ महिना अगाडि

काठमाडौँ-  टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरईएल) नवीकरणीय ऊर्जाको क्षेत्रमा एउटा अग्रणी कम्पनी हो। जसले दुगड ग्रुप जुुन नेपालको ख्याति प्राप्त ब्यापारिक समूह हो। यसको भगिनी कम्पनी दुगड पावर प्रालिसँग सहकार्यको हात अगाडि बढाएको छ। 

नेपालमा दु्रत्ततर रुपमा विकास भइरहेको नवीकरणीय ऊर्जाको विकासमा टीटीआरइएलको रणनीतिक प्रवेशलाई यस सहमतिले बढावा दिन्छ र दिगो विकासमा नेपालले चालेको कदमलाई मात्रात्मक रुपमा बढाउन यसले एउटा आधार तयार गर्दछ। 


भारतको पावर कम्पनीहरुमध्ये सबैभन्दा ठूलो टाटा पावरको एउटा भगिनी कम्पनी टीटीआरइएल हो। यस एकताले दुगड पावरलाई नेपालमा  शुरुदेखि अन्त्यसम्मको दीगो ऊर्जा उत्पादनमा कोशेढुँगा बन्नमा मद्दत गर्नेछ। यो साझेदारी खुला बन्दा ग्रीड ऊर्जा समाधानको सौय प्रविधिको रुपान्तरणका लागि हो। 

इन्जिनियरिङका लागि स्वीकार योग्य बनाइएको। यो सहकार्य यस क्षेत्रमा दिगो ऊर्जाका लागि लामो समयसम्म कायम राख्न हो। यो सहमति नेपालमा आवश्यकरहेको विविध प्रकारको ऊर्जा आवशयकता समाधानका लागि १ किलोवाटदेखि मेगावाटसम्मको हो। सेल्स तथा मोडुल्स, इन्जिनियरिङ, खरिद, र निर्माणलगायत नेपालभित्र हुने कार्य सञ्चालन र मर्मत सुधारमा टीटीआरइएलले प्रदान गर्ने सेवाको विविधिकरणका लागि यसले नयाँ क्षीतिजको ढोका खोल्छ। 

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष खन्ना भन्छन्, ‘दुगड पावर सँगको यो साझेदारी नेपालको  ऊर्जाको क्षेत्रको इन्जिनियरिङलाई पुनःपरिभाषित गर्ने रणनीतिक एकता हो। जब हामी नेपालको ऊर्जाको सम्भाव्य बजारभित्र प्रवेश गर्दछौँ, एउटा परिवर्तनशील प्रभाव रहोस भन्ने हामी चाहन्छौँ। दुवै कम्पनीसँग रहेका स्रोत र विज्ञताको एकताले यस क्षेत्रमा दिगो ऊर्जाको  खपतमा रहेको प्रणालीमा नयाँ परिस्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौँ।’ 

दुगड पावरका व्यवस्थापकीय निर्देशक अभिषेक दुगड भन्छन्, ‘टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको  ऊर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्म निर्भर र नवीकरणीय बनाउने रणनीतिक एकता हो। आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन्। नेपालको हरेक कुनामा स्वच्छ ऊर्जा पुर्याउने कुरामा हामी प्रतिबद्धद्ध छौँ। नेपालको दिगो ऊर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो।’ 

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड नवीकरणीय ऊर्जा क्षेत्रको नेतृत्वदायी खेलाडी हो। जसले विश्वभरि नै ३ जीडब्ल्यूभन्दा बढीको सेल र मोडुल बेचेको छ। ३।४ मेगावाटको नेदरल्यान्डमा ३।३७६ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठूला र बहुमापनका कम्पनीहरुलाई ऊर्जा दिएको छ। दुगड पावरले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा दक्षता हासिर गर्दछ। यी दुवै कम्पनीले संयुक्त रुपमा नेपालको ऊर्जा समाधानका लागि रुपान्तरणकारी कार्य गर्न क्षमता राख्दछन्। 

यो साझेदारीले परम्परागत व्यापारिक एकताको सीमालाई नाघ्छन्। नेपालको ऊर्जा क्षेत्रलाई पुनपरिभाषित बनाउने लक्ष्य यस साझेदारीले राखेको छ। टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावर दुवै कम्पनी नेपालको ऊर्जा क्षेत्रलाई अद्वितीय रुपमा नयाँ उचाइमा पुर्याउने रणनीतिक रुपमा सबल छन्। 

७ महिना अगाडि

प्रतिक्रिया