यूनियन हाइड्रोको ३५ लाख कित्ता साधारण शेयर आउँदै, लगानीकर्ताले ३५०० कित्तासम्मको आवेदन दिन सक्ने

बुधबार, १३ चैत्र २०७५, ११ : ५०

काठमाडौ – युनियन हाइड्रोपावरले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हजारको प्राथमिक शेयर निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशत अर्थात ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ। 

सामुहिक लगानीकोष अर्थात म्युचुअल फण्डले आफुलाई छुट्याएको एक कित्ता शेयर पनि खरिद गरेका छैनन् । नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोषलाई सार्वजनिक निष्कासनको ५ प्रतिशत बाँडफाँड गर्नुपर्ने नियम बनाएको भएपनि म्युचुलल फण्डले पहिलो पल्ट आफुलाई छुट्याएको शेयरमध्ये एक कित्ता पनि खरिद नगरेका हुन् ।

कम्पनीले पहिलो चरणमा चैत्र १७ गतेसम्म निष्कासन गर्नेछ। यदि छिटोको अवधिमा शेयर बिक्री नभएमा कम्पनीले ढिलोमा बैशाख १२ गतेसम्म निष्कासन गर्ने सक्नेछ । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३५०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।

कम्पनीको लगानी फिर्ता हुने अवधि झण्डै ११ वर्ष रहेको छ । तीन मेगावाट क्षमताको यस आयोजनाको प्रति मेगावाट लागत रु २६ करोड ५० लाख र जम्मा लगानी रु ७९ करोड ५० लाख रहेको छ।

तुलनात्मक रुपमा लागत धेरै परेकोले कम्पनीको शेयरमा सर्वसाधारण आकर्षित हुन नसकेका हुन्। साथै प्रतिफल राम्रो नदेखिँदा सामुहिक लगानी कोषले पनि शेयर खरिद नगरेका हुन् ।

बुधबार, १३ चैत्र २०७५, ११ : ५०

प्रतिक्रिया