मर्स्याङ्दी नदीको विद्युत् खरिदबिक्री सम्झौता  सम्पन्न

६ महिना अगाडि

काठमाडौँ- ९० मेगावाट (मेवा) क्षमताको मर्स्याङ्दी नदीको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

उक्त आयोजना अर्धजलाशययुक्त  आयोजना हो ।आयोजनाको विद्युत् प्रतियुनिट हिउँदयाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा सम्झौता भएको हो ।

आयोजनाको पीपीएमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्यले बिहीबार हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपश्चात् प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले सम्झौतापत्र हस्तान्तरण गरे ।

तनहुँ तथा गोरखा जिल्लाको भानु तथा पालुङटार नगरपालिकामा रहेको आयोजनाबाट हिउँदमा १८४.६७ गिगावाट र वर्षामा ३७७.९३ गिगावाट उत्पादन हुनेछ । कम्पनीले सम्झौता अनुसार २०८६ वैशाख २२ गतेभित्र व्यावसायिक उत्पादन (आरसीओडी) गर्नुपर्नेछ ।

कम्पनीका अध्यक्ष आचार्यले आयोजनाको वातावरणीय मूल्यांकन अध्ययन अन्तिम चरणमा रहेको बताएका छन्  ।

उनका अनुसार आयोजनाको वित्तीय व्यवस्थापन नेपाली तथा विदेशी लगानीकर्तासँग आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

६ महिना अगाडि

प्रतिक्रिया