४३ मेगावाट क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण हुदैँ

मंगलबार, १४ कार्तिक २०८०, ११ : ४५

काठमाडौँ-  नेपाल हाइड्रो भेन्चर्स प्रालिले ४३ मेगावाट (मेवा) क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ।

कम्पनीले प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलामा निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग निवेदनसमेत दिइसकेको छ ।विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय तथा सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

प्रस्तावित आयोजना नदी प्रवाहमा आधारित ९आरओआर० प्रकृतिको आयोजना हो। यसको डिजाइन वहाब २८.८८ घनमिटर प्रतिसेकेण्ड र  कुल हेड १७६.५ मिटर रहनेछ। आयोजनाबाट वार्षिक सरदर २४२.०३९ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन गर्न हुने छ । आयोजनाका मुख्य संरचनाहरु तमोर खोलाको बायाँ किनारमा निर्माण हुनेछन्।साथै आयोजनाको बाँधको लम्बाई ३२.७९ मिटर र १ हजार ७९६ मिटरको हेडरेस टनेल निर्माण गरिनेछ। कम्पनीले उत्पादन अनुमतिपत्र पाएपछि निर्माणको प्रक्रिया अघि बढाउने बताएको छ ।

मंगलबार, १४ कार्तिक २०८०, ११ : ४५

प्रतिक्रिया