ट्रंक लाइन बक्यौता महसुल तिर्न उद्योगलाई प्राधिकरणको मंसिर ५ सम्म समय

६ महिना अगाडि

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाइनबाट बिजुली उपभोग गरेका उद्योगीलाई बक्यौता महसुल तिर्ने समय फेरी थपेको छ।  विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाइन बक्यौता महसुल भुक्तानी गर्ने समय मङ्सिर ५ गतेसम्म थपेको जानकारी दिएको छ।

suchana

यसअघि विद्युत् प्राधिकरणले भदौ २९ गते एक सूचना जारी गरी असोज ३० गतेसम्म महसुल भुक्तान गर्न समय दिएको थियो। तिहार र छठ पर्वलाई ध्यानमा राखेर महसुल भुक्तान गर्ने समय थपेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । 

उद्योगीहरूले तोकेको समय अपर्याप्त भएको गुनासो गरेपछि दोस्रो पटक म्याद थप गरेको प्राधिकरणले जनाएको छ । मङ्सिर ५ गतेभित्र डेडिकेटेड र ट्रक लाइनको महसुल बक्यौता भुक्तानी गरिसक्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। 

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका झन्डै पाँच दर्जन उद्योगबाट असुल गर्नुपर्ने बक्यौता महसुल २१ अर्ब ८७ करोड ८५ लाख रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ। गत भदौ १७ गते प्राधिकरणले डेडिकेटेड र ट्रक लाइनबाट लिएको बिजुली महसुल भुक्तानी नगरे उद्योगमा बिजुली आपूर्ति बन्द गर्ने चेतावनी सहित सूचना प्रकाशित गरेको थियो। 

६ महिना अगाडि

प्रतिक्रिया