बारामा शिक्षक रुपेश सर्राफको गोली हानी हत्या गरेको घटनामा संलग्न पाँच जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो।
बाराको कलैया उपमहानगरपालिका -६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु नामले चिनिने सर्राफको हत्या गरेको घटनामा संलग्न भएको अभियोगमा मुख्य योजनाकारसहित ५ जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका-९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारी, भारत मोतिहारी पूर्वी चम्पा रण थाना घोडासहन गाउँ जागिर कोटी बस्ने २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ बहार्वाकाला-१२ बस्ने २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन्।
मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अन्सारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रतिक्रिया