काठमाडौँ - कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा पनि आज चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् ।त्यस्तै, हिमालयन लघुवित्त, एनआईबीएल प्रगती फण्ड, सोल्टि होटल, एनआईसी एशिया ग्रोथ फण्ड, तारागाँउ रिजेन्सी, हाथवे, सोनापुर, ओरियन्टल होटल, सिटि होटलको सर्वाधिक कारोबार भएको छ।

आज ४० कम्पनीको शेयरमूल्य बढ्दा १९० कम्पनीहरुको शेयरमुल्य घटेको हो ।आज सयपत्री हाइड्रोपावरको शेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ । रावा इनर्जीको शेयरमूल्य ७.४६ प्र्रतिशतले घट्दा बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।त्यस्तै, साम्लिङ पावर, सुपर मादी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र मेगा म्युचुअ फण्ड–१ को शेयरमूल्य आज सर्वाधिक घटेको छ ।

प्रतिक्रिया