भोलि बिहान काठमाडौँका निम्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध

६ महिना अगाडि

नेपाल विद्युत् प्राधिकरणले भोलि १८ गते शनिवारका दिन काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । 

प्राधिकरणले स्युचाटारदेखि  सिंहदरबारसम्मको ६६ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के-३ सब स्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय आसपासमा विद्युत् आपूर्ति बन्द हुने सूचित गरेको छ। 

त्यस्तै बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणको जानकारी छ ।  एक सूचना जारी गर्दै विद्युत् प्राधिकरणले बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।  

६ महिना अगाडि

प्रतिक्रिया