माण्डु हाइड्रोपावरको लाभांश घोषणा, लगानीकर्ताले कति प्रतिशत पाउलान् ?

शुक्रबार, १७ कार्तिक २०८०, ११ : १४

माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको गत आर्थिक वर्ष २०७९ र ८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको नगलव लाभांश वितरण गर्न लागेको हो।

कम्पनीको कात्तिक १६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयर धनीलाई सो दरमा लाभांश घोषणा दिने निर्णय गरेको हो ।  उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीले पाउनेछन् ।
 

शुक्रबार, १७ कार्तिक २०८०, ११ : १४

प्रतिक्रिया