भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आवेदनको ओइरो

शुक्रबार, १७ कार्तिक २०८०, ११ : ३८

कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन  गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा  आवेदनको ओइरो लागेको छ । 

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा एकै दिनमा मागभन्दा २.३४ गुणा बढी अर्थात् तीन लाख ८४ हजार सात सय २७ जनाले ४८ लाख ५८ हजार सात सय ४० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर मात्रै सर्वसाधारणका लागि निष्काशन गरेको हो। आइपिओमा आवेदन दिने मिति कात्तिक २० गतेसम्म रहेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थपेर आवेदन खुला गरेको हो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

शुक्रबार, १७ कार्तिक २०८०, ११ : ३८

प्रतिक्रिया