काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेप्से बुल ह्विस्कीको ट्रेडमार्क खारेज गर्न उद्योग विभागलाई पत्राचार गरेको छ । नेप्सेलाई नै दुरुपयोग गर्दै नेप्से बुल नामको ह्विस्की बजारमा आएपछि नेप्सेले कानुनी बाटो रोजेको हो ।
यस अघि नै नेप्सेले नेप्से बुल ह्विस्कीको उत्पादक कम्पनी सागर डिष्टिलरीलाई पत्रचार गरेर नेप्से बुल ह्विस्कीको उत्पादन रोक्न तथा बजारमा पुगेका उत्पादन फिर्ता गर्न भनेको थियो ।
तर सागर डिष्टिलरीले आफुसँग ट्रेडमार्क रहेको भन्दै पत्रको जवाफ दिएपछि नेप्सेले कानुनी बाटो रोज्ने निर्णय लिएको हो । ‘नेप्सेको नाममा निजी रक्सी उत्पादक कम्पनीले कसरी ट्रेड मार्क लियो रु हामी अचम्ममा परेका छौं, उद्योग विभागलाई पत्राचार गरेर त्यस्तो ट्रेडमार्क खारेज गर्न भनिसकेका छौं
प्रतिक्रिया