काठमाडौँ - कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २१ दशमलब ४६ अंकले घटेर १८२६ दशमलब २३ विन्दुमा कायम भएको हो ।आज नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।
नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै आज १२ वटा उपसूचकमा रातो पोतिएको छ भने होटल तथा पर्यटन उपसूचक ०.३८ प्रतिशतले बढेको छ ।आज ट्रेडिङ उपसूचक सर्वाधिक २.११ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक उपसूचक १.६४, बैंक उपसूचक १.५०, उत्पादन तथा प्रशोधन उपसूचक १.३२, निर्जीवन बीमा उपसूचक १.१८, इन्भेष्टमेन्ट उपसूचक १.१६, हाइड्रोपावर उपसूचक १.११, फाइनान्स उपसूचक १.०८ तथा म्युचुअल फण्ड उपसूचक १ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया