काठमाडौँ- बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड (बीफीन) ले आगामी मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा नयाँबानेश्वरस्थित कार्यालयमा अपरान्ह ३ बजे सुरु हुनेछ ।कम्पनीले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सभामा प्रस्तुत गरिने प्रस्तावमा आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन गायत तत्सम्बन्धी सम्पूर्ण अनुसूचीहरुमा छलफल गर्ने रहेको छ।
साथै सभामा ५ जना सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पेश हुने छ । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसअघि नै आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।
कम्पनीमा ७ वटा वाणिज्य बैंकसहित १५ वटा बैंक तथा वित्तीय संस्थाहरुको लगानी छ ।
प्रतिक्रिया