नेप्सेमा छायो हरियाली

सोमबार, २० कार्तिक २०८०, १५ : ५२

काठमाडौँ - कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार बराबरको कारोबार भएको छ । नेप्से बढेसँगै आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज होटल तथा पर्यटन उपसूचकमा ३।७३ प्रतिशतको उछाल आएको छ ।

त्यस्तै, सोमबार ट्रेडिङ उपसूचक २.७४, निर्जीवन बीमा उपसूचक २.३६, अन्य उपसूचक १.९८, इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन उपसूचक १.३८, हाइड्रोपावर उपसूचक १.३५, विकास बैंक उपसूचक १.२१ र जीवन बीमा उपसूचक १.१९ प्रतिशतले बढेका छन् ।

सोमबार, २० कार्तिक २०८०, १५ : ५२

प्रतिक्रिया