सागर डिस्टिलरीले प्रिमियममा आइपिओ जारी गर्दै, शुक्रवार साधारण सभा आह्वान

मंगलबार, २१ कार्तिक २०८०, ०८ : २०

सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव अगाडि बढाएको छ। सोही प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको छ।

कम्पनीले आफ्नो रजिस्टर्ड कार्यालयमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सभा मङ्सिर १५ गते, शुक्रवार बिहान ९ बजे सुरु हुनेछ।

सभामा प्रिमियम मूल्यमा शेयर जारी गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरू रहेका छन्।

कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। नेपालमा गुणस्तरीय मदिरा उत्पादन र विक्री वितरण गर्न वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको स्थापना भएको जनाएको छ । 

कम्पनीको फ्याक्ट्री देवचुली,नवलपुरमा रहेको छ । कम्पनीले रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्डका मदिराजन्य उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

मंगलबार, २१ कार्तिक २०८०, ०८ : २०

प्रतिक्रिया