भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदनको ओइरो, माग भन्दा ६ गुणा बढी आवेदन

मंगलबार, २१ कार्तिक २०८०, ०८ : ३४

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ ११ लाख ९४ हजार ८ सय २० जनाले आवेदन दिएका छन् ।

कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयरको लागि आवेदन माग गरेकोमा झन्डै १२ लाख आवेदनकर्ताबाट १ करोड ३७ लाख ७६ हजार १ सय ६० कित्ता शेयरको लागि आवेदन परेको हो । यो माग भन्दा साढे ६ गुणा बढी हो ।

कम्पनीको शेयर हरेक आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँट गर्नुपर्ने प्रावधान रहेको हुँदा २ लाख ७ हजार ५ सय २८ जना आवेदकलाई मात्र शेयर पर्ने देखिन्छ भने झन्डै पौने १० लाख आवेदकको हात खाली हुनेछ ।

भिजन लुम्बिनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन थियो लगानीकर्ताले कात्तिक २० गते कार्यालय समयभित्र दिएको आवेदनमा मागभन्दा ४.७६ गुणा बढी आवेदन परेको थियो।

 

मंगलबार, २१ कार्तिक २०८०, ०८ : ३४

प्रतिक्रिया