एक कम्पनीको संस्थापक सेयर बिक्रिमा

मंगलबार, २१ कार्तिक २०८०, १५ : १०

काठमाडौँ - नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार ६६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० र सो भन्दा बढी मूल्य आएमा बढी मूल्यलाई प्राथमिकता दिईने जनाएको छ ।

सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग, टेकु–काठमाडौंमा खरिद गर्न चाहेको विवरणसहित मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाईने कम्पनीले जनाएको छ ।

मंगलबार, २१ कार्तिक २०८०, १५ : १०

प्रतिक्रिया