दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार, २१ कार्तिक २०८०, १५ : ३६

काठमाडौँ - कारोबारको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेसँगै आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने निर्जीवन बीमा उपसूचक ०.१८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज, इन्भेष्टमेन्ट उपसूचक १.५१, अन्य उपसूचक १.३२, फाइनान्स उपसूचक १.२३ जीवन बीमा उपसूचक १.१७ प्रतिशतले बढेको छ ।

मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७ दशमलव ३१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।शेयर बजार बढेसँगै हिमालयन बैंकको प्रोमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । आज बैंकको नौ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको पाँच करोड ८७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको पाँच करोड बढीको कारोबार भएको छ ।

मंगलबार, २१ कार्तिक २०८०, १५ : ३६

प्रतिक्रिया