काठमाडौं- साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको हो ।
मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७ दशमलव ३१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।
शेयर बजार बढेसँगै लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको शेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै, सोनापुर मिनिरल्सको ५ प्रतिशत, सिटिजन लाइफको ५ प्रतिशतले शेयरमूल्य बढेको छ ।
त्यसेगरी आज स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.२६ प्रतिशतले घटेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरको ५.९९ र तेस्रोमा बाराही हाइड्रोपावरको ३.१९ प्रतिशतले शेयरमूल्य घटेको छ ।
त्यस्तै, बलेफी हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, एनआईबिएल समृद्धि फण्ड–२, मैलुङ खोला जल विद्युत कम्पनी, बोटलर्स नेपाल (तराई), कुमारी धनबृद्धि योजना र १० प्राईम डेबेन्चर २०८८ को शेयरमूल्य सर्वाधिक घटेको छ ।
प्रतिक्रिया