काठमाडौं- साता कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।
बुधबार नेप्से सामान्य अंकले बढ्दा ८ उपसूचकहरुमा हरियाली छाएको छ भने ४ उपसूचकहरुमा रातो पोतिएको छ । आज बैंकिङ, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य उपसूचक बढेका छन् ।
त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र निर्जीवन बीमा उपसूचक घटेका छन् भने म्युचुअल फण्ड उपसूचक आज ०.०० प्रतिशतमा कायम भएको छ ।
शेयर बजार बढेसँगै ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ८.०७ प्रतिशतले बढेको छ । त्यस्तै, पिपल्स हाइड्रोपावरको ७.४०, नेपाल एसबिआई बैंकको ७.३२, भगवती हाइड्रोपावरको ६ प्रतिशतले शेयरमूल्य बढेको छ ।
प्रतिक्रिया